नियम १८
बिशेष सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तव्य र्‌ अधिकार
विशेष सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) विशेष सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताको कार्य सम्पादनमा सहयोग गर्ने,

(ख) विशेष सरकारी वकील कार्यालयलाई अभियोजन _ गर्न अधिकार भएका: मुद्दामा अधिकार प्राप्त अधिकारीद्वारा अनुसन्धान तहकिकात गरी आवश्यक कारबाहीका लागि प्राप्त भएका मिसिलमा मझहान्यायाधिवक्ताबाट भएको अधिकार प्रत्यायोजन र सहन्यायाधिवक्ताबाट भएको कार्य विभाजन अनुसार मुद्दा चल्ने वा नचल्ने निर्णय र तत्सम्बन्धी कार्य गर्ने,

(ग) नेपाल सरकार वादी भई दायर भएका वा नेपाल सरकारको हक, हित बा सरोकार निहित रहेको मुद्दामा सहन्यायाधिवक्ताले खटाए बमोजिम नेपाल सरकारको तर्फबाट अड्डा अदालतमा उपस्थित भई बहस पैरवी गर्ने,

(घ) सहन्यायाधिवक्ताले तोके बमोजिम मुद्दा हेर्ने अधिकारी तथा सम्बन्धित अदालतबाट भएको फैसला वबां आदेश उपर पुनरावेदन; निबेदन गर्ने सम्बन्धी आवश्यक काम कारबाही गर्ने।